२०८२ असार ३० गते, सोमबार १८:२६

काठमाडौँ-

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिलसम्बन्धी अडियोबारे प्रधानमन्त्रीसँग जवाफ माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो माग गर्नुभएको हो । उहाँले सरकार भ्रष्टाचार नियन्त्रणमा गम्भीर नभएको आरोप लगाउनु भयो । उहाँले उहाँले विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गोकुल बास्कोटाले सार्वजनिक रूपमा भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएको स्मरण गर्दै त्यसैगरी जवाफदेही बन्न पनि आग्रह गर्नुभयो ।

आफ्नो मान्छेले जे गर्दापनि हुन्छ भन्ने मानसिकताले देश थप संकटतर्फ जाने उहाँको टिप्पणी छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस