२०८२ असार ३० गते, सोमबार १८:४३

काठमाडौँ-

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला दलहरू मिलेर बनेको सरकारले संसदलाई विचौलियाको खेलमैदान बनाएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाउनुभएको हो । संसदलाई बिचौलियाको खेलमैदान बनाइनु देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको उहाँको टिप्पणी छ । उहाँले वर्तमान सुशासनको डरले बनेको सरकार भएको पनि टिप्पणी गर्नुभयो । वर्तमान सरकारले संख्याको दम्भमा कुशासनका पहाड ठड्याएको आरोप लगाउँदै सरकार बिचौलियाको पक्षमा छ भन्ने कुरा आम नागरिक र सत्तारुढ दलकै नेताहरुको भाषा बन्न पुगेको उहाँको टिप्पणी छ ।

उहाँले संसदीय समितिबाट विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधि सभामा पुग्दा भएका चलखेल र हस्तक्षेपभएको भन्दै आपत्ति जनाउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस