२०८२ श्रावण १ गते, बिहीबार २०:५४
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • ४किलो कम तौल, २.५ लाख जरिवाना: बैशाख १३ मा ठाकुरशिला ट्रेडर्सको मनोज ग्यास सिलिन्डरमा ४ किलो तौल कम पाइएपछि वितरक विनय साह कलवारलाई पर्सा प्रशासनले उपभोक्ता संरक्षण ऐनअनुसार असार ११ मा २ लाख ५० हजार जरिवाना तोकेको छ।
  • पुनरावलोकनको निवेदन: विनय साहले जरिवानाविरुद्ध काठमाडौंको वाणिज्य विभागमा पुनरावलोकन निवेदन दिए। असार १७ मा विभागले फाइल मागेको र असार २० मा पत्र बुझिएको स्रोतले जनाएको छ।
  • न्यायप्रति विश्वास: बैशाख १६ मा पीडित सरोजको उजुरीपछि सिडिओ गणेश अर्यालको सक्रियताले बैशाख २२ देखि अनुसन्धान तीव्र भई पीडितलाई न्याय प्राप्त भएकोमा स्थानीयले प्रशंसा गरेका छन्।

वीरगन्ज –

बैशाख १३ गते राति ठाकुरशिला ट्रेडर्स, मनोज ग्यासको आधिकारिक वितरकबाट खरिद गरिएको सिलिन्डरमा ४ किलो तौल कम भएको पाइएपछि शुरू भएको ठगीको अनुसन्धानमा वितरक ठाकुरशिला ट्रेडर्सका सञ्चालक विनय साह कलवारलाई जिल्ला प्रशासन कार्यालय पर्साले २ लाख ५० हजार जरिवाना तोकेको छ।

जिल्ला प्रशासन कार्यालयले विभिन्न कोणबाट अनुसन्धान गर्दा वितरकले तौलमा बदमासी गरेको निष्कर्ष निकालेको हो। उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ८, दफा ३८ खण्ड( ङ) बमोजिम असार ११ गते भएको फैसलामा ठाकुरशिला ट्रेडर्सलाई २ लाख ५० हजार रुपैयाँ तीन दिनभित्र राजस्व खातामा दाखिला गरी भाउचरसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन आदेश दिइएको थियो।

तर, विनय साह कलवारले उक्त फैसलालाई चुनौती दिँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, काठमाडौंमा पुनरावलोकनको लागि निवेदन दर्ता गराएका छन्। जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार असार १७ गते विभागबाट आएको पत्रमा सम्बन्धित मुद्दासँग जोडिएको सम्पूर्ण फाइल पाँच दिनभित्र उपलब्ध गराउन माग गरिएको छ। कार्यालयले असार २० गते उक्त पत्र बुझेको छ।

मुद्दाको सुरुवात

पीडित उपभोक्ता सरोजले बैशाख १६ गते वीरगन्जस्थित वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयमा ठाकुरशिला ट्रेडर्स र मनोज ग्यासविरुद्ध उजुरी (दर्ता नं. ११३२०) दायर गरेका थिए। तर, प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले यो मुद्दा आफूहरूले हेर्ने भन्दै सिलिन्डर जफत गरे। बैशाख २२ गतेदेखि शुरू भएको अनुसन्धानमा जिल्ला प्रशासन कार्यालय पर्साले पीडितलाई न्याय र पीडकलाई दण्डित गरेकोमा प्रमुख जिल्ला अधिकारीप्रति स्थानीयको विश्वास बढेको छ।

स्थानीयको प्रतिक्रिया

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको सक्रियताले यो मुद्दामा तीव्र अनुसन्धान भएको र उपभोक्तालाई न्याय दिलाइएको भन्दै स्थानीयले प्रशंसा गरेका छन्। यो घटनाले उपभोक्ता संरक्षणको क्षेत्रमा जिल्ला प्रशासनको भूमिकालाई थप बलियो बनाएको छ।

यस मुद्दाको पुनरावलोकनको लागि काठमाडौंमा दायर निवेदनको निर्णय आउन बाँकी छ।

प्रतिक्रिया

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान

काठमान्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान

काठमान्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी

पोडकास्ट सुन्नुहोस