२०८२ आश्विन २० गते, सोमबार १६:३७

ट्रम्प भन्छन्ः युक्रेनले मस्कोलाई लक्षित गर्नु हुँदैन

काठमाडौं-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले मस्कोलाई लक्षित गर्नु नहुने बताउनुभएको छ ।  किभलाई रूसी क्षेत्रमा आक्रमण बढाउन प्रोत्साहित गरेको रिपोर्टपछि ट्रम्पको यो भनाइ आएको हो ।

आफूलाई मस्कोलाई लक्षित गर्न नहुने लागेको भएपनि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोलाई लक्षित गर्नुपर्छ भन्ने लागेको बताउनु भयो । ट्रम्पले आफू कुनैपनि पक्षमा नरहेको स्पष्ट पारे ।

आफूले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र दिन नखोजेको पनि बताउनु भयो ।

पोडकास्ट सुन्नुहोस