२०८२ श्रावण १ गते, बिहीबार २२:०५

काठमाडौँ-

उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिनुभएको छ ।

औद्योगिक व्यवस्थापन लिमिटेडको ३८ औं वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा उहाँले यस्तो निर्देशन गर्नुभएको हो । अहिलेकै जसरी अब  पनि संस्था चल्ने कुरा सह्य नहुने बताउनु भयो । उद्योगमन्त्री भण्डारीले जिडिपिमा उद्योगको योगदान घटेको भन्दै यसलाई वृद्धि गर्न अब प्रभवकारी हिसावले लाग्नुपर्ने बताउनु भयो ।

उहाँले १५ प्रतिशतको हिस्सा ५ प्रतिशतमा झर्नु लाजमर्दो विषय भएको भन्दै अब सरकारले औद्योगिक क्षेत्र बढाएर उद्योगीहरुलाई आमन्त्रण गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनु भयो । मन्त्री भण्डारीकाअनुसार अब औद्योगिक पूर्वाधार बनाउनुपर्छ । कुनैपनि उद्योगी व्यवसायीले जग्गामा लगानी गरेर पूर्वाधार बनाउन कठिन छ । छिमेकी मुलुकहरुमा पनि सरकारले नै औद्योगीक पार्क बनाएर उद्योगीहरुलाई उद्योग चलाउन दिर्दै आएको छ, त्यसबाट सिक्नुपर्छ ।

मन्त्री भण्डारीले राज्यले उद्योगलाई सहज रुपमा औद्योगिक पूर्वाधार दिएपछि उद्योग क्षेत्र स्वतः फस्टाउने बताउनु भयो । उहाँकाअनुसार एउटा आकर्षक औद्योगिक क्षेत्र बनाएर उद्योगीहरुलाई आउनुस् भनेर आमन्त्रण गर्ने काम अब राज्यले गर्नैपर्छ । त्यसका लागि औद्योगिक व्यवस्थापन लिमिटेड जस्ता निकायहरुले प्रभावकरी हिसावले काम गर्न जरुरी रहेको मन्त्री भण्डारीको भनाई रहेको छ ।

प्रतिक्रिया

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान

काठमान्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान

काठमान्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी

पोडकास्ट सुन्नुहोस