२०८२ श्रावण ६ गते, मंगलवार ११:०१
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सम्झौताविपरीत शुल्क असुली: नेपाल खानेपानी संस्थान र वीरगन्ज महानगरपालिकाबीच धरौटी र जडान शुल्क मिनाह गर्ने सम्झौता भए पनि उपभोक्ताले अहिले पनि शुल्क तिरेर धारा जडान गराइरहेका छन्।
  • अधिकारि असमन्जसमा: खानेपानी संस्थानका कर्मचारी र प्रमुखले सम्झौताको लिखित सूचना नआएको जनाउँदै पूर्ववत प्रक्रिया अनुसार शुल्क लिइएको बताएका छन्।
  • कार्यान्वयन प्रक्रिया तय नभएको कारण: वीरगन्ज महानगरका सूचना अधिकारीका अनुसार सम्झौता भए पनि कार्यविधि नबनेकाले सुविधा कार्यान्वयनमा ढिलाइ भएको हो।

वीरगन्ज-
नेपाल खानेपानी संस्थान र वीरगन्ज महानगरपालिका वीचको सम्झौंता अहिले  “हात्ति आयो, हात्ति आयो फूस्स” सावित भएको छ । खानेपानीको नयाँ कनेक्शन लिंदा वीरगन्जवासिले तिर्नु पर्ने धरौटि र जडान शुल्क मिनहागर्ने दुवैपक्ष बीच सम्झांैता भएपनि सम्झौता भएको  पाँच दिन वितिसक्दासमेत वीरगन्जवासिले शुल्क तिरेर नै धाराको लाईन जडान गराउनु परेको छ ।

वीरगन्ज लागयतका क्षेत्रमा देखिएको सुद्ध खानेपानीको अभावलाई सम्बोधन गर्न र वीरगन्जवासिलाई राहत प्रदना गर्ने उदेश्य राखि दुवै संस्था बीच सम्झौता भएको खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले तामझामका साथ प्रचारप्रचार गरेपनि नागरिकले भने सम्झौंता अनुसारको सुविधा अहिलेसम्म पाउन सकेका छैन्न ।

बीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्ण र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले हस्ताक्षर गरीएको समझदारी पत्र।

साउन १ गते देखि लागु हुँने गरी दुवैसंस्था  बीच सम्झौंता भएपनि साउन महिनाको ५ गते वितिसक्दा समेत आफुहरुले नयाँ धारा जडान गराउन जाँदा  नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जमा ६ हजार ३ सय ९० रुपैया जम्मा गर्नु परेको वीरगन्ज १६ रेलवेरोड निवासी राकेश साहले जानकारी दिनसुभयो। उहाँले  खानेपानीको नयाँ धारा जडान गराउदा धरौटि र जडान बाप्त तिर्ने शुल्क नलागने सम्झौता भएको कार्यालयका कर्मचारीलाई जानकारी दिंदा सम्झौता वारे आफुहरुलाई कुनै जानकारी नभएको कर्मचारीले  बताएपछि  धारा जडान गराउन लाग्ने शुल्क तिरी आएकोे बताउनुभयो।

नेपाल  सरकारका खानेपानी  मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको उपस्थितीमा वीरगन्जवासिलाई राहत प्रदान गर्न दुईपक्षिय सम्झौता भएपनि सम्झौता अनुसारको सुविधा खानेपानी कार्यालयबाट नपाउदा आफु ठगिएको जस्तो मुहशुस भएको साहले गोप्य खबरलाई बताउनुभयो।

यसै विषयमा नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जका निमित्त प्रमुख इन्जिनीयर रामचन्द्र सहनीसंग बुझा उहाँले सम्झौंता भएको खबर सुनियपनि सोवारे आफुहरुलाई कुनै लिखित पत्र उपलो कार्यालयले नपाठाएको कारण पूर्ववत अवस्थामै कामहरुलाई अगाडी बढाएको बताउनुभयो । नयाँ धारा जडानका लागि निवेद्न दिन आउने ग्राहकसंग अहिले हामिले जडा र धरौटि बाप्तको रकम बुझीमात्र धारण जडान गराएको उहाँले जानकारी दिनुभयो।

                    नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जका निमित्त प्रमुख इन्जिनीयर रामचन्द्र सहनी
यसै वारे वीरगन्ज महानगरपालिकाको सुचना अधिकारी सुनिल कुमार कर्णसंग बुझदा उहाँले संस्थान र महानगरपालिका बीच नगारवासिलाई सुविधा प्रदना गर्ने विषयमा सम्झांैता भएपनि त्यसको कार्यविधी नबनेकाले धरौटि र जडान बाप्तको तिर्नु पर्ने शुल्क मिनहाहुँन नसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

केआईआईटीमा नेपाली छात्राहरूको मृत्यु : विश्वविद्यालयको लापरबाही र गैरकानुनी मिलापत्रले आत्महत्यालाई निम्त्याएको ठहर

काठमान्डौं- भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा

केआईआईटीमा नेपाली छात्राहरूको मृत्यु : विश्वविद्यालयको लापरबाही र गैरकानुनी मिलापत्रले आत्महत्यालाई निम्त्याएको ठहर

काठमान्डौं- भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा

पोडकास्ट सुन्नुहोस