२०८२ श्रावण ८ गते, बिहीबार १९:३६

काठमान्डौं-

सरकारले मधेस प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले मधेस प्रदेशलाई तीन महिनाका लागि प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरेको हो । मन्त्रीपरिषद् बैठकबारे जानकारी दिँदै मन्त्री यादवले आज संकटग्रस्त क्षेत्र घोषणा गरिएको र मधेस प्रदेशका वीरगन्ज र बारा जिल्लाको वरपर, रौतहट, सिरहा, सप्तरीमा खानेपानीको चरम अभाव रहेको बताउनु भयो । तराई मधेसको खानेपानीको समस्या, सिंचाईको समस्या समाधान गर्न संकटग्रस्त क्षेत्र घोषणा गरेको उहाँको भनाइ छ । खानेपानीको समस्या र सिंचाईको समस्या समाधानका लागि मन्त्रालय लागिपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज संकटग्रस्त घोषणा भएको छ । मधेसको वीरगन्ज र बारा जिल्लाको वरपर, रौतहट, सिरहा, सप्तरीमा खानेपानीको चरम अभाव छ । सिंचाईको पनि अभाव छ । आकाशको पानी पनि छैन, भूमिगत पानी पनि छैन । आजको मन्त्रीपरिषद्ले तराई मधेसको खानेपानीको समस्या, सिंचाईको समस्या समाधान गर्न संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंचाई मन्त्रालय, खानेपानी मन्त्रालय द्रुत गतिमा लागेको छ । आकस्मिक बैठक छ । डिप बोरिङ र जनतालाई पानी दिने काम गरिरहेका छौँ । तर यो प्रकृतिको कहर हो, विपद् हो ।’

मन्त्री यादवले सरकारले गरेर मात्रै नहुने भन्दै तीन तहका सरकार र स्थानीय नागरिकहरुको समझदारीमा समस्या समाधान गर्न सकिने बताउनु भयो । बजेटको समस्या नहुने र पानी दिने कुरामा सरकार गम्भीर रहेको बताउनु भयो ।

प्रतिक्रिया

सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा

काठमान्डौं- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१

प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो ?

काठमान्डौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशलाई

पोडकास्ट सुन्नुहोस