२०८२ श्रावण १३ गते, मंगलवार ०८:२४

काठमाडौं –

सत्तारुढ दल नेपाली काँग्रेसले रुपन्देही ३ को उपनिर्वाचनबारे छलफल गरेको छ ।

शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी एवं पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुसमेतको बैठकले रुपन्देही ३ को उपनिर्वाचनबारे छलफल गरेको हो । बैठकमा आगामी उपनिर्वाचनमा पार्टीको रणनीति, योजनाबारे छलफल भएको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताउनु भयो ।

उहाँकाअनुसार बैठकमा मन्त्रीहरु हेरफेर गर्ने विषयले भने प्रवेश पाएन । गत निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा निर्वाचित हुनुभएको थियो । उहाँको निधन भएसँगै उपनिर्वाचन हुन लागेको हो । आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा भने कुनै छलफल नभएको प्रमुख सचेतक घिमिरेले बताउनु भयो ।

०७९ को निर्वाचनमा समानुपातिकतर्फ २० हजार मतसहित काँग्रेस पहिलो, एमाले १६ हजार मतसहित दोस्रो र तेस्रोमा १४ हजार मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी रहेको थियो । आउने उपनिर्वाचनमा मधेसवादी दलहरु एक भएर लड्ने चर्चा छ ।

गत निर्वाचनमा आफूहरु प्राविधिक रुपले हारेपनि जनमतको अवस्था मजबुत रहेको काँग्रेसको ठम्याइ छ ।

प्रतिक्रिया

गृहमन्त्रीको निर्देशनः खानेपानी र सिंचाईको समस्या भएका स्थानको पहिचान गरी छिटो बोरिङ गर्ने वातावरण मिलाउनू

काठमान्डौं- गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको

गृहमन्त्रीको निर्देशनः खानेपानी र सिंचाईको समस्या भएका स्थानको पहिचान गरी छिटो बोरिङ गर्ने वातावरण मिलाउनू

काठमान्डौं- गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको

पोडकास्ट सुन्नुहोस