२०८२ आश्विन २० गते, सोमबार २०:२७

जिल्ला प्रशासन कार्यालयमा सञ्चारमाध्यमहरु दर्ता हुनुपर्नेबारे काँग्रेस प्रमुख सचेतक भन्छन्ः सरकारले तोकेको निकायमा दर्ता हुन किन गाह्रो

काठमाडौँ-

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले तोकेको निकायअन्तर्गत सञ्चारमाध्यमहरु दर्ता हुनुपर्ने बताउनुभएको छ ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारले अबबाट जिल्ला प्रशासन कार्यालयअन्तर्गत सञ्चारमाध्यमहरु दर्ता हुनुपर्ने प्रावधान ल्याएको हो ? भन्ने प्रश्नमा प्रमुख सचेतक घिमिरेले सञ्चारमाध्यम कतै न कतै दर्ता हुनुपर्ने र सरकारले तोकेको निकायमा दर्ता हुनुपर्ने बताउनु भयो । सरकारको गृहमन्त्रालयअन्तर्ग सञ्चारमाध्यमलाई राख्न खोजेको भन्दै यसको चर्को आलोचना भइरहेको छ ।  सरकारले तोकेको निकायमा गएर दर्ता हुन के समस्या छ ? उहाँको प्रश्न छ ।

प्रमुख सचेतक घिमिरेले सरकारले तोकेको निकायअन्तर्गत दर्ता हुनुपर्ने बताउनु भयो । मिडियालाई धम्क्याउने काम काँग्रेसले नगर्ने स्पष्ट पार्नुभयो ।

पोडकास्ट सुन्नुहोस