२०८२ श्रावण ३० गते, शुक्रबार ०१:४८

काठमाडौं–

आईतवार गाजा पट्टीमा इजरायली आक्रमणमा ४२ जना प्यालेस्टिनीको मृत्यु भएको गाजा सिभिल डिफेन्सले जनाएको छ । गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले बताएअनुसार हताहत हुनेहरूमा १८ जना अमेरिकी समर्थित सहायता वितरण केन्द्रहरू नजिकै खाना प्राप्त गर्ने प्रयास गर्दा मारिएका थिए ।

जसमा उत्तरमा रहेको जिकिम क्रसिङ, मध्य गाजामा रहेको नेत्जारिम जंक्शन र दक्षिणी रफाह शहर समावेश छ । यी घटनाहरूमा इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी गरिएको छैन । स्वास्थ्य अधिकारीहरूले जारी गरेको विज्ञप्तिअनुसार पट्टीका अस्पतालहरूले विगत २४ घण्टामा भोकमरी र कुपोषणका कारण पाँच नयाँ मृत्यु रेकर्ड गरेका छन् । जसले गर्दा अक्टोबर २०२३ मा द्वन्द्व शुरु भएदेखि भोकमरी र कुपोषणका कारण मृत्यु हुनेको संख्या २१७ पुगेको छ । जसमा १०० बालबालिका पनि समावेश छन् ।

कार्यालयले एक विज्ञप्तिमा भनेको छ कि १४ दिनमा गाजा पट्टीमा प्रवेश गर्ने ट्रकहरूको कुल संख्या केवल १ हजार २ सय १० थियो । जुन ८ हजा। ४ सय लक्षित थियो । जुन वास्तविक आवश्यकताहरूको लगभग १४ प्रतिशत हो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस