२०८२ श्रावण २९ गते, बिहीबार १५:२०

पर्सा –

पर्साको बहुदरमाई नगरपालिका–२ मा बुधबार बिहान आगलागी हुँदा एक व्यक्ति घाइते हुनुका साथै करिब चार लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहान ५:१० बजेतिर राजु रामको फुसको घरमा भैँसीको खोले पकाउन चुलोमा बालिएको आगो अचानक फैलिँदा फुसको घर र टाँसिएको गोठ पूर्णरूपमा जलेर नष्ट भएको हो। आगलागीबाट घरभित्र रहेका लत्ता–कपडा, भाँडाकुडा, गोठभित्रको चौपाया, भैँसीको बछडा र बाख्रा समेत जलेका छन्।

आगो निभाउने क्रममा राजु राम घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा जलन भएको र अस्थाई प्रहरी पोष्ट बिन्दाबासिनी बाट खटिएको प्रहरी हवलदार ओम प्रकाश यादवको टोलीले उद्धार गरी एम्बुलेन्समार्फत नारायणी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिए। लम्सालका अनुसार उनको अवस्था मध्यम छ।

स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ६:०० बजेतिर आगो नियन्त्रणमा आएको थियो। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब रु. ४,५०,००० बराबरको क्षति भएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस