२०८३ असार १० गते, बुधबार १०:०२

भारतीय प्रधानमन्त्री मोदीद्वारा स्वतन्त्रता दिवसमा दुई ठूला घोषणा, ‘अपरेशन सिन्दूर’मा कडा चेतावनी

काठमान्डौं –

भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लालकिल्लाबाट दुई ठूला घोषणा गर्दै ‘अपरेशन सिन्दूर’मा कडा सन्देश दिएका छन्।

राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पहिलो घोषणा जीएसटी सुधार सम्बन्धी गरे। उनका अनुसार यस वर्षको दीपावलीदेखि लागू हुने यस सुधारले आम जनतालाई करमा ठूलो राहत दिनेछ। दोस्रो घोषणा प्रधानमन्त्री विकासित भारत रोजगार योजना को रहेको छ, जसअन्तर्गत निजी क्षेत्रमा पहिलो जागिर पाउने युवालाई सरकारले १५ हजार रुपैयाँ प्रदान गर्नेछ। बढी रोजगारी सिर्जना गर्ने कम्पनीहरूलाई पनि प्रोत्साहन दिइनेछ। यो योजनाबाट करिब ३.५ करोड युवालाई रोजगारीको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

भाषणको मुख्य केन्द्रबिन्दु ‘अपरेशन सिन्दूर’ थियो। मोदीले अप्रिल २२ मा पहलगाममा भएको आतंककारी आक्रमणलाई स्मरण गर्दै भने, “यो नरसंहारबाट पूरा भारत क्रोधले भरिएको थियो र अपरेशन सिन्दूर त्यही क्रोधको अभिव्यक्ति हो।” उनका अनुसार सेनालाई स्वतन्त्र अधिकार दिइएको र उनीहरूले शत्रुको क्षेत्रमा सयौं किलोमिटर प्रवेश गरेर आतंककारीहरूलाई नष्ट गरेका छन्। पाकिस्तानमा भएको विनाशको असर अझै देखिइरहेको उनले दाबी गरे।

प्रधानमन्त्रीले भारत अब आणविक ब्ल्याकमेल सहन नसक्ने स्पष्ट चेतावनी पनि दिए। “यदि शत्रुहरूले यस्तो प्रयास जारी राखे भने, सेनाले समय, विधि र लक्ष्य निर्धारण गरेर उचित जवाफ दिनेछ,” उनले भने।

अन्त्यमा प्रधानमन्त्री मोदीले सम्पूर्ण देशवासीलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै विकसित भारत निर्माणको अभियानलाई नयाँ गति दिन सबैलाई आह्वान गरे।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस