काठमान्डौं-
मंगलवार सरदार भीमबहादुर पाँडेको तस्बिर अंकित हुलाक टिकटमा टाँचा प्रदान गर्ने कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले देशमा लोप हुन लागेका रैथाने बालीनाली, वनस्पति, जनावर, पशुपंक्षीहरुको संरक्षणका लागि हुलाक टिकट प्रकाशन गर्ने बताउनु भयो । बासमति धान नेपालको रैथानी बाली भएपनि हाल यसको प्याटन राईट्स भने भारतले लिएको उहाँले बताउनु भयो । बासमति धानको प्याटन राईट्सबाट आउने रकम सबै भारतले पाउने तर नेपालले नपाउने उहाँको भनाई छ । यी लोपन्मुख चिजहरुलाई अन्तर्राष्ट्रिय जगतमा आफ्नो अधिकार दाबी गर्नको लागि पनि हुलाक टिकटहरुको महत्वपूर्ण भुमिका हुने उहाँले बताउनु भयो । लोप हुन लागेका वस्तुहरुको नाममा अब सरकारले हुलाक टिकट छाप्ने उहाँले जानकारी दिनुभयो ।
सञ्चारमन्त्री गुरुङले देशमा योगदान दिने व्यक्तिहरुको नाममा पनि खोजी खोजी हुलाक टिकट छाप्ने बताउनु भयो । विभिन्न मोर्चाहरु कुटनीतिक, लडाईं र प्रशासनिक मोर्चाहरुमा सहभागी भएर देश र जनताको पक्षमा लाग्ने व्यक्तिहरुको हुलाक टिकट प्रकाशन गर्ने उहाँको भनाई छ । उहाँले हामो भूमी जोगाउनको लागि पूर्खाहरुले लडार्इं गरेको बताउनु भयो । पूर्खाहरुले लडाईं लडेर जोगाएको भूमी पनि अहिलेसम्म पाउन नसकेको उहाँको भनाई छ ।
कालु पाँडेका छैटौँ पुस्ताका वंशज सरदार भीमबहादुर पाँडेको देशभक्ति र देश विकासमा रहेको योगदानको कदर गर्दै सरकारले उहाँको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०८१ चैत्र १७ गते भीमबहादर पाँडेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार हुलाक सेवा विभागले १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याएको छ । सरदार भीमबहादुर पाँडे कुसल प्रसाशक, अर्थशास्त्री तथा लेखक समेत हुनुहुन्थ्यो ।