२०८३ जेष्ठ १५ गते, शुक्रबार ०२:०७

माओवादी केन्द्रको आरोपः सरकारले राज्यका सबै संयन्त्र कब्जा गरेर राज्य आतंक मच्चाउन खोज्यो

काठमान्डौं-

नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले सरकारले राज्यका सबै संयन्त्रहरु कब्जा गरेर राज्य आतंक मच्चाउने प्रयास गरेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । सरकारले संवैधानिक निकायदेखि न्यायालयसम्म नियन्त्रण गर्ने प्रयास गरेको आभास भइरहेको टिप्पणी गर्नुभयो ।उहाँले संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलामा प्रधानन्यायाधीश समेत अल्पमतमा पर्ने अवस्था आउनु न्याय सम्पादन प्रक्रियाकै मजाक भएको टिप्पणी गर्नुभयो । उहाँले पुरुषलाई बहुविवाह गर्न दिने अधिकारसम्बन्धी कानूनी मस्यौदाको समेत विरोध गर्दै उक्त प्रस्तावलाई अस्वीकार्य करार गर्नुभयो ।

सांसद आलेमगरले प्रतिनिधि सभाकी उपसभामुखलाई महाअभियोग लगाउने प्रयास भइरहेको सुनेको भन्दै त्यस्तो नगर्न चेतावनी दिनुभयो । उहाँले राज्य आतंक फैलाउने कार्य तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिनुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस