२०८२ भाद्र ४ गते, बुधबार २२:१८

इजिप्टले मंगलवार केरेम शालोम क्रसिङ हुँदै गाजामा आफ्नो १८ औं मानवीय सहायता पठाएको छ । जुन मानवीय संकटको सामना गरिरहेका प्यालेस्टिनीहरूलाई सहायता पु¥याउने प्रयासको एक भाग हो । इजिप्टको राज्य–संवद्ध अल काहेरा न्युज टिभीले रिपोर्ट गरेको छ कि बिहान सबेरै रफाहबाट खाद्यान्न सामग्री बोकेका दर्जनौं ट्रकहरू निस्किए ।

यो इजिप्टियन रेड क्रिसेन्टद्वारा जुलाई २७ मा शुरु गरिएको जाद अल–इज्जा (सम्मानको प्रावधान)ः इजिप्टबाट गाजासम्म पहल अन्तर्गतको पछिल्लो मिसन थियो । यसले लगभग ३५ हजार स्वयंसेवकहरूको सहयोगमा हजारौं टन आपूर्ति बोकेका १ हजार ४ सय ५० भन्दा बढी ट्रकहरू व्यवस्थित गरेको छ ।

लगभग ५ लाख टन सहायता बोकेका लगभग ३६ हजार ट्रकहरू अहिलेसम्म गाजामा प्रवेश गरेका छन् ।
इजरायली तथ्याङ्कका अनुसार, अक्टोबर ७, २०२३ मा हमासका लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा लगभग १ हजार २ सय जनाको मृत्यु र २ सय ५० जना वन्धकहरूलाई कब्जा गरेपछि युद्ध शुरु भयो ।

गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायलको त्यसपछिको आक्रमणले ६२ हजार भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको र अनिकालको अवस्था सिर्जना भएको बताएका छन् जसले दर्जनौंको ज्यान लिएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस