काठमाडौं-
इजरायलले गाजा शहर कब्जा गर्न र त्यहाँको जनसंख्यालाई विस्थापित गर्न योजनावद्ध आक्रमण गर्नुअघि बुधवार ६० हजार सेना तैनाथ गरेको छ । सरकारका प्रवक्ताले आगामी दिनहरूमा थप २० हजार सैनिकहरू बोलाइने बताउनु भयो । अभियानभर तीन चरणहरूमा कुल १ लाख १०, हजारदेखि १ लाख ३० हजार रिजर्भिस्टहरू तैनाथ गरिनेछ ।
रिपोर्टअनुसार आक्रमणमा गाजा शहरभित्र १२ वटा ब्रिगेडहरू सञ्चालन हुने अनुमान गरिएको छ । रक्षामन्त्री इजरायल काट्जबाट मंगलवार राति प्रारम्भिक स्वीकृति प्राप्त भएपछि अन्तिम स्वीकृतिको लागि आगामी दिनहरूमा सुरक्षा मन्त्रिपरिषद्ले अपरेशनको समीक्षा गर्ने अपेक्षा गरिएको बताउनु भयो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयकाअनुसार गाजामा इजरायलको २२ महिनाको आक्रमणमा ६२ हजार बढीको मृत्यु भएको छ ।
स्वास्थ्य अधिकारीहरूकाअनुसार भोकमरीबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । मंगलवारसम्म गाजामा १ सय १२ बालबालिकासहित कम्तिमा २ सय ६६ जनाको भोकमरीबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।