२०८२ भाद्र ५ गते, बिहीबार २०:१३

काठमाडौं-

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए नेपाल’को समेत संलग्नता रहेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले उपसभामुख इन्दिरा रानामगर तत्कालिन अवस्थामा कार्यकारी प्रमुख रहेको संस्था पिए नेपाल समेत बालबालिका ओसारपोसार संलग्न रहेको भनि जाँचबुझ आयोगले प्रतिवेदन तयार पारेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको हो ।

उहाँले उपसभामुखको अविश्वासको प्रश्तावलाई संवैधानिक परिषद्को बहुमतसँग जोड्न आवश्यक नभएको बताउनु भयो । उहाँले उपसभामुखको विषयलाई लिएर इमोसनल ब्ल्याकमेलिङ गरेर विषयान्तर गर्ने कार्य गलत भएको बताउनु भयो ।

उहाँले उपसभामुखको विदेश भ्रमण समेत संकात्मक रहेको बताउनु भयो । १७ पटक विदेश भ्रमण गर्दा सभामुखसँग ७ पटक मात्र स्वीकृत गरेर विदेश भ्रमण गरेको उल्लेख गर्दै यो विषयमा पनि छानविन आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

पोडकास्ट सुन्नुहोस