२०८२ आश्विन २० गते, सोमबार १४:१८

इजिप्टले जुलाईको अन्त्यदेखि गाजामा करिव १३ सय ट्रक सहायता सामग्री पठायो

काठमाडौं–

इजिप्टको विदेश मन्त्रालयले जारी गरेको तथ्याङ्कीय चार्टअनुसार इजिप्टले जुलाई २७ देखि अगस्ट १७ सम्म केरेम शालोम क्रसिङ हुँदै गाजा पट्टीमा १ हजार २ सय ८८ मानवीय सहायता ट्रक पठाएको छ । राहत सामग्री बोकेका ५ हजार ट्रक अझै पनि इजिप्टको तर्फबाट गाजामा प्रवेश गर्न पर्खिरहेका छन् ।

मन्त्रालयकाअनुसार अक्टोबर २०२३ देखि इजिप्टले गाजामा ५ लाख ५० हजार  टन चिकित्सा सहायता र खानाको प्रवेशलाई सहज बनाएको छ । जुन एन्क्लेभमा पठाइएको कुल मानवीय सहायताको लगभग ७० प्रतिशत हो ।

चार्टले इजिप्टबाट गाजामा ३ हजार ७ सय ३० टन राहत सामग्री पु¥याउने १ सय ६८ एयरड्रपहरू, दाता देशहरूबाट १ हजार २२ विमानहरू २७ हजार २ सय ४७ टन बोकेर एल अरिश विमानस्थलमा अवतरण गरेको र संकटको शुरुवातदेखि नै इजिप्टका बन्दरगाहहरूमार्फत प्राप्त ५ सय ९१ दान गरिएको सहायता ढुवानीहरू पनि रेकर्ड गरेको छ ।

नोभेम्बर २०२३ देखि जुलाई २०२५ सम्म, इजिप्टले घाइते प्यालेस्टिनीहरूलाई चिकित्सा सेवा प्रदान ग¥यो । २०९ एम्बुलेन्सहरू तैनाथ ग¥यो । १८ हजार ५ सय ६० घाइते प्यालेस्टिनीहरू र उनीहरूका साथीहरूलाई स्वागत गरेको छ । चार्टअनुसार १ सय ७२ इजिप्टियन अस्पतालहरूमा उनीहरूलाई भर्ना गरेको छ ।

गैर–सरकारी संस्थाहरूका ३५ हजार इजिप्टियन स्वयंसेवकहरूले मानवीय सहायताको वितरणलाई सहज बनाउन भाग लिएका छन्  अक्टोबर ७, २०२३ देखि, गाजामा इजरायलको चलिरहेको सैन्य अभियानले ६२ हजार १ सय २२ प्यालेस्टिनीहरूको मृत्यु भएको छ । १ लाख ५६ हजार ७ सय ५८ जना घाइते भएका छन् । गाजामा अनिकाल र कुपोषणले ११२ बालबालिका सहित २ सय ६९ जनाको मृत्यु भएको छ ।

पोडकास्ट सुन्नुहोस