२०८२ भाद्र ६ गते, शुक्रबार १८:२०

काठमाडौं–

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मधेस प्रदेशमा विद्युतको प्रभावकारी वितरणका लागि निर्देशन दिनुभएको छ ।

बिहीवार सुख्खाग्रस्त क्षेत्र घोषणा भएको मधेस प्रदेशमा विद्युत आपूर्तिको अवस्थाबारे बुझ्न जनकपुर पुग्नुभएका मन्त्री खड्काले यस्तो निर्देशन दिनुभएको हो । उहाँले सिञ्चित गर्नका लागि आवश्यक विद्युत प्रभावकारी रुपमा वितरण गर्न निर्देशन दिनुभयो ।

उहाँले मधेस प्रदेशमा विद्युत चोरी बढी हुने भएको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले पुराना ट्रान्समिसन लाइन, ट्रान्सफर्मरहरु मर्मत गर्न पनि निर्देशन दिनुभयो । सहज र सुरक्षित ढंगले विद्युत आपूर्ति गर्ने र सुख्खा यामलाई ध्यानमा राखेर सिंचाईको लागि विद्युत प्रशारण गर्न आग्रह गर्नुभयो ।

मन्त्री खड्काले धान रोपिसकेपछि पानीको अभाव हुने कुरालाई ध्यानमा राखेर नहर बनाउने र पुराना संरचनालाई दुरुस्त बनाउने काम गर्न निर्देशन दिएको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस