२०८२ भाद्र १२ गते, बिहीबार २०:२२

इजिप्टका सिसि र लेबनानी प्रधानमन्त्री नवाफ सलामबीच भेट

काठमाडौँ-

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसि र लेबनानी प्रधानमन्त्री नवाफ सलामबीच कायरोमा भेट भएको छ । बेरुतले यस महिनाको शुरुमा सबै हतियारहरू राज्य नियन्त्रणमा राख्ने निर्णय गरेपछि सरकार र हिज्बुल्लाहबीच बढ्दो तनावको बीचमा सलामको भ्रमण भएको हो ।

जुन कदमलाई हिज्बुल्लाहले इजरायली र अमेरिकी हितको सेवा गर्ने भनेर अस्वीकार गरेको थियो ।  प्रधानमन्त्रीले अरब राज्यहरूसँगको सहयोगलाई सुदृढ पार्नेसहित आफ्नो सरकारको प्राथमिकताहरू उल्लेख गर्नुभयो ।

सिसिले लेबनानको स्थिरता सुनिश्चित गर्न र दक्षिणी लेबनानबाट पूर्ण इजरायली फिर्ता सुरक्षित गर्न इजिप्टले अन्तर्राष्ट्रिय र क्षेत्रीय पक्षहरूसँग गहन सम्पर्क गरिरहेको बताउनु भयो ।

इजिप्टका राष्ट्रपतिले देशभर राज्य अधिकार विस्तार गर्न, स्थिरता पुनस्र्थापित गर्न र आर्थिक पुनप्र्राप्ति र पुनर्निर्माण प्रयासहरू शुरु गर्न लेबनानी सरकारले हालै गरेका कदमहरूको प्रशंसा गर्नुभयो । दुई नेताहरूले क्षेत्रीय मुद्दाहरूमा पनि छलफल गर्नुभएको छ ।

प्रभावित राज्यहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मानमा जोड दिँदै यस क्षेत्रमा संकटको राजनीतिक र शान्तिपूर्ण समाधान खोज्न संयुक्त प्रयासहरूलाई तिब्र पार्ने महत्वमा सहमति जनाएका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस