२०८२ भाद्र १२ गते, बिहीबार २०:१७

विद्यालय शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभए आन्दोलन चर्काउने शिक्षकहरुको चेतावनी

काठमाडौं-

शिक्षकहरुले विद्यालय शिक्षा विधेयकमा आफूहरुको सबै माग सम्बोधन नभए आन्दोलनको कार्यक्रमलाई अझै चर्काउने चेतावनी दिएका छन् ।

बिहीवार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा धर्ना दिन पुगेका उनीहरुले सो विधेयकमा आफूहरुको महत्वपूर्ण माग सम्बोधन नभए फेरि आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति नेतृत्वको टोलीले विद्यालय शिक्षा विधेयकमा आफूहरुको माग सम्बोधन गर्न दवाव दिँदै प्रमुख दलका मुख्यालयमा धर्ना दिइरहेका छन् ।

विद्यालय शिक्षक, कर्मचारीहरुको बाँकि माग पनि सम्बोधन गराउनका लागि आफूहरुले दबाब स्वरुप दलको केन्द्रिय कार्यालयमा धर्ना दिने काम शुरु गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनु भयो ।उहाँले आफूहरुको सो माग सम्बोधन नभई सो ऐन संघीय संसदबाट पारित भए आन्दोलनलाई थप कडाईका साथ अघि बढाउन बाध्य हुने चेतावनी समेत दिनुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस