२०८२ भाद्र २३ गते, सोमबार १३:४०

संयुक्त राष्ट्र सुरक्षा परिषद्का १४ सदस्यद्वारा गाजामा युद्धविरामको आह्वान

काठमाडौँ–

संयुक्त राज्य अमेरिका बाहेक संयुक्त राष्ट्र सुरक्षा परिषद्का सदस्यहरूले तत्काल युद्धविरामको साथै गाजामा सैन्य कारबाही विस्तार गर्ने इजरायलको निर्णयलाई उल्टाउन आह्वान गरेका छन् । तत्काल बिना शर्त र स्थायी युद्धविरामको आह्वान गरिएको हो ।

हमास र अन्य समूहहरूद्वारा रहेका सबै बन्धकहरूको तत्काल सम्मानजनक बिना शर्त रिहाइको आह्वान गरेको छ । गाजामा मानवीय सहयोगको ठोस वृद्धिको लागि आह्वान पनि गरेको छ ।

१४ देशहरूले इजरायललाई गाजा शहर कब्जा गर्ने उद्देश्यले गाजामा आफ्नो सैन्य कारबाहीलाई थप विस्तार गर्ने आफ्नो निर्णयलाई तुरुन्तै उल्टाउन पनि आह्वान गरेका छन् ।

१४ देशहरूमा अल्जेरिया, चीन, डेनमार्क, फ्रान्स, ग्रीस, गुयाना, पाकिस्तान, पानामा, कोरिया गणराज्य, रूस, सियरा लियोन, स्लोभेनिया, सोमालिया र संयुक्त अधिराज्य रहेका छन् ।

प्रतिक्रिया

प्रचण्डको सामाजिक सञ्जालबारेको स्टाटसमा मेयर बालेनको कटाक्ष , ‘एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रचण्डको सामाजिक सञ्जालबारेको स्टाटसमा मेयर बालेनको कटाक्ष , ‘एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

पोडकास्ट सुन्नुहोस