२०८२ आश्विन २० गते, सोमबार १४:४८

एमाले पर्सा मेयर राजेशमान सिंह र पूर्व मेयर सरावगीको ईसारामा चल्दै आएको आरोप (भिडियो रिपोट)

नेता रामकिशोर सिंह परागले सबै पदबाट राजीनामा

वीरगन्ज-

वीरगन्ज महानगरपालिका–२० का वडा अध्यक्ष तथा नेकपा (एमाले) वीरगन्ज महानगरपालिकाका उपाध्यक्ष रामकिशोर सिंह परागले पार्टीभित्र गम्भीर आरोप लगाउँदै सबै पदबाट राजीनामा दिएका छन्।

शनिवार गोप्यखबर सँगको अन्तर्वार्तामा उनले नेकपा एमाले पर्सा हाल बहालबाला वीरगन्ज महानगर प्रमुख राजेशमान सिंह र पूर्व मेयर विजयकुमार सरावगीको इसारामा चलिरहेको आरोप लगाए।

उनका अनुसार, “एमाले पर्सा अहिले मेयर र पूर्वमेयरकै निर्देशनमा चलेको छ। यति मात्र होइन, यहाँका दुई जना केन्द्रीय सदस्य समेत उनीहरूको इशारामै लागेका छन्।”

सिंहले आफू प्रतिपक्षमा बसेको भए पनि जिल्लाका नेताहरूको लोभ–लालचका कारण एमाले पर्सा भाडभैलो बनेको दाबी गरे। साथै, वीरगन्ज महानगर कमिटी पूर्व मेयर सरावगीको घरबाट सञ्चालन हुँदै आएको आरोप लगाउँदै उनले केही दिनअघि नै सो कमिटीबाट राजीनामा दिएको पनि खुलासा गरे।

अन्तर्वार्ताकै क्रममा सिंहले एमाले पार्टीका सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरे।

पोडकास्ट सुन्नुहोस