२०८३ बैशाख २ गते, बुधबार ०८:२५

पत्रकारितामा फोटोको महत्व धेरै हुन्छः उपप्रधानमन्त्री सिंह

काठमाडौ –

फोटो पत्रकार समूह नेपालले फोटो पत्रकारहरुको संस्थालाई सरकारले छुट्टै स्थान दिनुपर्ने माग राखेका छन् ।

आईतवार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटेर सो माग गरेका हुन् । उनीहरुले विश्वमा फोटो पत्रकारहरुको संस्थालाई सरकारले छुट्टै स्थान दिइरहेको भन्दै नेपालले पनि फोटो पत्रकारिता र फोटो पत्रकारिताको हक हीतको लागि आवश्यक कार्यक्रमहरु अघि बढाउनुपर्ने माग राखे ।

फोटो पत्रकार समूह नेपालसँगको भेटका क्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले पत्रकारितामा फोटोको महत्व धेरै हुने बताउनु भयो । उहाँले फोटोग्राफबाट घटनाको समष्टिगत रुप आउने भएकाले पनि फोटोग्राफीको महत्व धेरै रहेको उल्लेख गर्नुभयो । फोटो पत्रकारितालाई अझ सशक्त बनाउन भुमिका खेल्नुपर्ने बताउनु भयो ।

फोटो पत्रकार समूह नेपालले आफूहरुले फोटो पत्रकारिता र फोटो पत्रकारिताको हक हीतको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस