२०८३ असार ११ गते, बिहीबार ०२:४३

जिल्ला प्रशासन कार्यालय पर्साको सटरहरु खाली गर्न ३५ दिने सूचना जारी

वीरगन्ज-

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ स्थित जिल्ला प्रशासन कार्यालय पर्साको प्राङ्गणमा भाडामा लगाइएका कोठाहरु खाली गर्न ३५ दिने सूचना जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले गत शुक्रबार जारी गरेको सूचनामा घाडामा लगाइएका सटरहरु ३५ दिनभित्र खाली गर्नुपर्ने उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको मंसिर ७ गतेको निर्णयानुसार जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा रहेका सटरहरु भाडामा लगाइएकोमा हाल कार्यालयमा सेवाग्राहीहरूको अत्यधिक चाप बढेको र नागरिकलाई निर्वाध तथा सरलीकृत सेवा वितरणका लागि उक्त सटरहरु रहेका कोठाहरु यस कार्यालयको प्रयोगका लागि अत्यावश्यक हुन गएकोले सटरहरु भाडामा लगाउने सम्झौतामा भएको व्यवस्था बमोजिम सूचना जारी गरिकै मितिबाट लागू हुने गरी ३५ दिन भित्र सम्झौता बमोजिम बुझाउन बाँकी भाडा रकम दाखिला गरी सटर कोठा खाली गरिदिन अनुरोध गरिएको छ ।

घण्टाघर चोकदेखि रानीघाट जाने बाटोमा रहेको जिल्ला प्रशासन कार्यलय पर्साको प्रांगणमा रहेका ५ वटा सटर कोठाहरु भाडामा लगाइएको थियो ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस