२०८३ बैशाख २ गते, बुधबार ०८:२५

कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह

काठमाडौ – 

निर्वाचन आयोगले पालिकाको उपचुनावमा सबै कर्मचारीलाई मतदानका दिन विशेष बिदा वा अन्य वैकल्पिक उपाय अपनाइ मतदान गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

आयोगको हिजोको बैठकले पालिकामा मतदाताको सहभागिता बढाई सहज मतदानको वातावरण बनाउन उपचुनाव हुने सम्बन्धित वडामा नाम समावेश भएका सरकारी पदाधिकारी तथा कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन सरकारलाई लेखी पठाउने निर्णय गरेको हो ।

पालिकाको रिक्त पदको लागि यही आउँदो १६ गते आइतवार उपचुनाव हुँदैछ । यसअघि आयोगले उपचुनाव हुने पालिका र वडाहरुमा १६ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सबै निकायलाई आह्वान गरिसकेको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस