काठमाडौ –
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सही नेतृत्व र सही व्यवस्था नपाउँदा देश बन्न नसकेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सही नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक दलका मानिसहरुलाई न्यायाधीशमा, अख्तियारमा नियुक्ति गर्दा न्याय मरेको जिकिर गर्नुभयो । उहाँले सरकारी निकायहरुमा काँग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरिरहेको बताउनु भयो । सर्वोच्च अदालतमा काँग्रेस, एमाले, माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन नसकेको दाबी गर्नुभयो ।

अध्यक्ष लिङदेनले अब सिंगो देश एउटा निर्वाचन क्षेत्र हुनुपर्ने र जनता स्वयंले प्रधानमन्त्री चुन्न पाउनुपर्ने बताउनु भयो । उहाँले सरकारलाई विदेशीले कहिले लडाउने हो भनेर डर पैदा भइरहेको बताउनु भयो ।