२०८२ असार ११ गते, बुधबार १०:१९

बीरगन्ज –

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्साबाट पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले सभापति लामिछानेविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको छ ।

सहकारी ठगी प्रकरणमा उनलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि अनुमति लिइएको पर्सा प्रहरीका प्रमुख कुमोध ढुंगेलले बताए ।

उनका अनुसार पर्सा जिल्ला अदालतले पूर्वगृहमन्त्री लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

सभापति लामिछानेमाथि बीरगन्जको सानो पाइला बचत तथा क्रृण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ ।

सभापति लामिछानेसँगै अन्य १४ जनाविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पूूर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालयले जनायो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस