२०८३ बैशाख १ गते, मंगलवार १७:०८

पत्रकार महासंघमा चौतारी र युनियनबीच भागबण्डा

काठमाडौं –

नेपाल पत्रकार महासंघको नेतृत्वमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा भएको छ ।

सहमति अनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ ।

बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी हुनेछ । प्रदेशको नेतृत्वमा पनि भागबण्डा भएको छ ।

चौतारीका उपाध्यक्ष राजेश राईका अनुसार कोशी, मधेश, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिएको छ । बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिएको छ ।जिल्ला अध्यक्षहरुमा पनि भागबण्डा भएको छ ।

४१ युनियन जिल्ला अध्यक्ष युनियन र ३६ जिल्ला अध्यक्ष चौतारीले लिएको छ । जिल्लाहरुको संख्या टुंगिएपनि कसले कुन जिल्ला लिने भन्ने टुंगिन बाँकी छ ।

२८ मंसिरमा हुने महाधिवेशनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस