२०८२ असार १७ गते, मंगलवार ००:५१

काठमाडौ –

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियामा देखापरेको अराजकता नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताएका छन्।

शनिबार काठमाडौँमा नेपाल आर्थिक पत्रकार संघको १५औँ साधारण सभामा बोल्दै उनले प्रिन्ट मिडिया र बोर्ड कास्टिङ मिडियाले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचना, जनताको सूचनाको प्रत्याभूति गरिरहेको भए पनि अनलाइन मिडियाले अराजकता मच्चाउने काम गरिरहेको आरोप लगाए।

उनले संस्कृतिमाथि प्रहार गरेर समाजमा हिंसा भड्काउने काममा अनलाइन मिडिया लागेकाले यसको नियमन अहिलेको पहिलो आवश्यकता भएको बताए।
अनलाइन मिडियाको अराजकताका कारण राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको बताए। उनले अनलाइन मिडियाले सामाजिक सद्‌भाप, धार्मिक सहिष्णुता भत्काउने काम गरिरहेको जिकिर गरे।

‘मलाई एउटा चिजले धेरै सताइरहेको छ। हामीलाई प्रिन्ट मिडियाले कुनै प्रोब्लम पारेको छैन। बोर्ड कास्टिङ मिडियाले पनि कुनै प्रोब्लम पारेको छैन। राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचना, जनताको सूचनाको प्रत्याभूति गर्दै जेजे कुरा गरिरहेको छ, त्यसमा हाम्रो कुनै ठूलो गुनासो, आलोचना र टिप्पणी छैन’, उनले भने, ‘तर आलोचना र टिप्पणी त कहाँनेर छ भने अनलाइन मिडिया, इन्टरनेट मिडिया जेजे भन्छौँ हामी, त्यो मिडियामा देखापरेको जुन खालको अराजकता अनुशासनहीनता छ, त्यसको नियमन आज सबैभन्दा जरुरी देखिन्छ। त्यसले गर्दा हाम्रो राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठिरहेको हुन्छ, राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको हुन्छ, हाम्रो जस्तो सामाजिक संरचना भएको मुलुकमा जुन खालको सामाजिक सद्‌भाव, धार्मिक सहिष्णुता छ, त्यसका माध्यमबाट बारम्बार भत्काउने प्रयत्न भइरहेको देखिन्छ।’

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस