पर्सा –
मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लाल मणि आचार्यले प्रहरीलाई पर्यटन मैत्री बन्न निर्देशन दिएका छन ।
पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपले आयोजना गरेको “पर्यटन सुरक्षामा पर्यटक प्रहरीको भुमिका ” बिषयक अन्तरक्रिया कार्यक्रममा डिआइजी आचार्यले उक्त निर्देशन दिएका हुन । पर्साको बिरगंजमा सम्पन्न पर्यटन सुरक्षा र प्रबर्द्धनमा पर्यटक प्रहरी ,ब्यबसायी र स्थानीयको भुमिका बिषयक अन्तरक्रीया कार्यक्रममा उनले पर्यटक प्रहरीलाई पर्यटकले महसुस गर्ने गरी काम गर्न पनि पर्यटक प्रहरी लाई निर्देशन दिए । सोही क्रममा पर्साका होटल तथा पर्यटन व्यावसायिहरुले उठएका विभिन्न प्रश्नको उत्तर दिदै उनले प्रहरीले लगलत नियतले भारतीय पर्यटक चढेको भारतिय नम्बर प्लेटका सबारी साधनहरुको चेकजाँच नगर्ने बताए ।

डिआइजी आचार्यले कहिँ कसैले भारतीय पर्यटकिय सबारी साधन लाई गलत नियत राखी दु:ख दिएको भेटिए तुरुन्तै कार्बाही गरिने समेत बताए ।
कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै मधेस प्रदेशका उद्योग ,बाणिज्य तथा पर्यटन मन्त्री शकिल मियाले त्यहाँ उठेका प्रश्न हरुको जबाफ दिने क्रममा आफू भर्खरै मन्त्री बनेकोले धेरै कुरा बुझ्न बाकी रहेकोले तत्काल काम नदेखिए पनि अब मधेस प्रदेशमा पर्यटनमा ठोस काम हुने बताए । पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख प्रहरी नयब उपरीक्षक रिपेन्द्र सिंहले पर्यटक प्रहरीले हाल सम्म गरेका कार्यबिबरण र आम पर्यटकहरुको बिषयमा निर्माण गरिएको डकुमेन्ट्रीको समेत प्रदर्शन गरेका थिए ।
होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा पन्तले समग्र होटल तथा पर्यटन ब्यबसाय क्षेत्रका आम समस्याहरु माथि प्रकाश पार्दै समाधानका लागि विभिन्न उपायहरु समेत सुझाएका थिए । उनले विशेष गरि प्रहरीहरु लाई होटल ब्यबसायी हरु माथी अभद्र व्यबहार नगर्न प्रहरीको माथिल्लो निकायबाटै निर्देशन दिनु पर्नेमा जोड दिएका थिए ।
पर्यटक प्रहरी कार्यालय बिरगंजका प्रमुख प्रनानी प्रराज चौलागाईंले सहजीकरण गरेका उक्त कार्यक्रममा ठोरी गाउँ पालिका प्रमुख लाल बहादुर श्रेष्ठ ,पर्सा राष्ट्रिय निकुन्जका प्रमुख रामचन्द्र खतिवडा ,ओम प्रकाश शरार्फ ,बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल लगायतले आआफ्नु मन्तब्य राखेका थिए ।
कार्यक्रममा हान मधेस प्रदेशका बरिस्ठ उपाध्यक्ष मोहन प्रधान ,होटल ब्यबसायी संघ पर्साका बरिस्ठ उपाध्यक्ष बिध्यालाल प्रसाद साह , होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका बरिस्ठ उपाध्यक्ष रचेन्द्र थापा , महासचिव माधब बस्नेत सचिव सन्दीप बस्नेत ,होटल व्यावसायि महासङ्ह नेपालका केन्द्रिय सदस्य हिरा श्रेष्ठ लगायतको उपस्तिथि थियो ।