२०८३ आश्विन २८ गते, बुधबार ०३:२७

आशुतोष चर्तुवेदीलाई जसपा नेपालले दियो क्षेत्रीय इन्चार्जको जिम्मेवारी

बीरगन्ज –

जनता समाजवादी पार्टी (जसपा ) नेपालले क्षेत्रीय इन्चार्जमा आशुतोष चर्तुवेदीलाई जिम्मेवारी दिएको छ ।पार्टीले पर्सा क्षेत्र नम्बर १ र २ का विभिन्न तहमा नयाँ जिम्मेवारी बाँडफाँड गरेको हो।

बीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष आशुतोष चर्तुवेदीलाई पर्सा क्षेत्र नम्बर २ को क्षेत्रीय इन्चार्ज र वडा नम्बर १४ का वडा अध्यक्ष महबुब एलाहीलाई पर्सा प्रदेश सभा क्षेत्र नम्बर १ (क) को अध्यक्षमा मनोनीत गरिएको हो ।

पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवले आज एक कार्यक्रममार्फत चतुर्वेदी र एलाहीलाई मनोनीत गरेका हुन । वरिष्ठ नेताहरू पूर्व मन्त्री तथा प्रदेश सांसद सिंहासन साह कलवार, सुरेन्द्र कुर्मी र वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रितेश कुमार गुप्तालगायतको उपस्थिति रहेको थियो ।

चर्तुवेदी र एलाही दुवै जना स्थानीय राजनीति र सङ्गठनका अनुभवी नेतृत्वकर्ता हुन् ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस