२०८२ भाद्र ४ गते, बुधबार १४:५६

एजेन्सी –

भारतको मुम्बईमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । एक सय जनाभन्दा बढी यात्रु बोकेको डुंगा मुम्बईको तटमा पल्टिएर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतीय नौसेनाका एक अधिकृत, दुईजना करारमा कार्यरत कर्मचारी र सर्वसाधारण रहेका छन् । अन्य यात्रुको उद्धार गरिएको छ ।

गेटवे अफ इण्डियाबाट एलिफेन्टा टापुसम्म जाँदै गरेको डुंगालाई इण्डियन नेवी ९नौसेना०को एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको थियो ।

गेटवे अफ इन्डियाबाट ८।२५ किलोमिटर टाढा रहेको जवाहरद्वीप भन्ने बुचर टापुमा डुङ्गा पल्टिएको बताइएको छ ।

नौसेनाको प्रारम्भिक अनुसन्धान अनुसार नौसेनाको जहाजको इञ्जिन खराब भएको देखिएको छ । महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीस र भारतीय नौसेनाले दुर्घटनाको दुई छुट्टाछुट्टै छानबिन गर्न आदेश दिएको बताइएको छ ।

प्रतिक्रिया

खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव

काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा

खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव

काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा

पोडकास्ट सुन्नुहोस