२०८३ आश्विन २८ गते, बुधबार ०३:२८

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी –

भारतको मुम्बईमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । एक सय जनाभन्दा बढी यात्रु बोकेको डुंगा मुम्बईको तटमा पल्टिएर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतीय नौसेनाका एक अधिकृत, दुईजना करारमा कार्यरत कर्मचारी र सर्वसाधारण रहेका छन् । अन्य यात्रुको उद्धार गरिएको छ ।

गेटवे अफ इण्डियाबाट एलिफेन्टा टापुसम्म जाँदै गरेको डुंगालाई इण्डियन नेवी ९नौसेना०को एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको थियो ।

गेटवे अफ इन्डियाबाट ८।२५ किलोमिटर टाढा रहेको जवाहरद्वीप भन्ने बुचर टापुमा डुङ्गा पल्टिएको बताइएको छ ।

नौसेनाको प्रारम्भिक अनुसन्धान अनुसार नौसेनाको जहाजको इञ्जिन खराब भएको देखिएको छ । महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीस र भारतीय नौसेनाले दुर्घटनाको दुई छुट्टाछुट्टै छानबिन गर्न आदेश दिएको बताइएको छ ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस