काठमाडौं-
एनपीएल अन्तर्गत आजको खेलमा कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले फाइनलमा स्थान बनाएको छ ।
जनकपुरले कर्णालीलाई २ विकेटले पराजित गरेको हो । कर्णाली तेस्रो भएको छ भने विजेता बन्न अब जनकपुर र सुदूरपश्चिम भिड्नेछन् । कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै क्वालिफायर २ सम्म आएको थियो ।
कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर ११८ रन बनाएको थियो ।
तेस्रो भएको कर्णालीले २५ लाख पाउनेछ भने पहिलो हुने टीमले एक करोड १० लाख साथै उपविजेताले ५१ लाख पाउनेछ ।