२०८३ आश्विन २८ गते, बुधबार ०२:५१

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

काठमाडौं-

एनपीएल अन्तर्गत आजको खेलमा कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले फाइनलमा स्थान बनाएको छ ।

जनकपुरले कर्णालीलाई २ विकेटले पराजित गरेको हो । कर्णाली तेस्रो भएको छ भने विजेता बन्न अब जनकपुर र सुदूरपश्चिम भिड्नेछन् । कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै क्वालिफायर २ सम्म आएको थियो ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

तेस्रो भएको कर्णालीले २५ लाख पाउनेछ भने पहिलो हुने टीमले एक करोड १० लाख साथै उपविजेताले ५१ लाख पाउनेछ ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस