२०८२ पुष २४ गते, बिहीबार ०४:५५

आधा किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ

धनगढी —

कैलाली प्रहरीले आधा किलो सुनसहित धनगढीबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले आइतबार धनगढीको ट्राफिक चौराहबाट भारतीय नम्बर प्लेटको कारबाट ५ सय ४९।२ ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरेको हो ।

यूपी ३२ जेभी ९२०० नम्बरको कारलाई चेकजाँच गर्दा गाडीभित्र राखिएको ज्याकेटको खल्तीबाट सुन फेला परेको कैलाली प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले बताए । उक्त कारमा भारतको पलिया बस्ने ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित रहेका थिए । दुवै जनालाई पक्राउ गरिएको एसपी विष्टले बताए ।

विष्टका अनुसार त्यसक्रममा भारतीय नागरिकबाट एक थान ल्यापटप, दुई थान मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ, १ हजार २ सय ८० भारतीय रुपैयाँ र कार नियन्त्रणमा लिइएको एसपी विष्टको भनाइ छ ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस