२०८३ मंसिर १२ गते, शनिबार १९:४०

डिपी अर्यालले पाए रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्यालले पाएका छन् । सोमबार पार्टी कार्यालय बालाजुमा बसेको सचिवालय बैठकले उपाध्यक्ष अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।

रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ । ज्येष्ठताका हिसाबले अर्यालभन्दा अघि अर्का उपसभापति स्वर्णिम वाग्ले छन् ।

सभापति लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगीलगायत कसुरमा आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।  लामिछानेलाई प्रहरीले २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस