२०८३ जेष्ठ १६ गते, शनिबार १६:४८

रक्सौलमा मोटरसाइकल ठोक्किँदा ३ जना नेपाली र दुई भारतीय घाइते, एकको अवस्था गम्भीर

वीरगन्ज-

वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनामा परेका तीन जना नेपालका र दुई जना भारतको कोटवाका बासिन्दा रहेको जानकारी प्राप्त भएको छ । घाइतेहरूको उपचार रक्सौलस्थित एसआरपी अस्पतालमा भइरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता लगाउन प्रहरी टोली अनुसन्धानमा जुटेको छ ।

अहिलेसम्मको प्रारम्भिक जानकारीअनुसार, तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई आपसमा ठोक्किएको हुनसक्ने अनुमान गरिएको छ । थप जानकारीका लागि प्रहरीले घटनास्थलको विवरण सङ्कलन गरिरहेको छ ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस