काठमाडौं-
अजरबैजानको एउटा यात्रुवाहक जहाज काजाकस्तानमा दुर्घटना भएको छ ।
जहाज काजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बताइएको छ। जहाजमा ६७ जना यात्रुहरू यात्रारत थिए । हालसम्म १२ जना यात्रुहरूको भने जीवितै उद्दार गरिएको बताइएको छ ।

सामाजिक सञ्जालमा आएका भिडिओमा जहाज खसे लगत्तै आगो लागेको देखिन्छ ।
थप विवरण आउन बाँकी छ ।