२०८३ बैशाख २ गते, बुधबार १२:४६

भीम रावललाई पार्टी सदस्यबाटै आउट, विन्दा र उषाकिरण निलम्बन

काठमाडौं –

नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाटै हटाएको छ ।  बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो ।

एमाले नेताहरूका अनुसार पूर्वउपाध्यक्ष रावलले दिएका अभिव्यक्तिका कारण पार्टीलाई कमजोर बनाएकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको हो ।

चितवन महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल त्यसपछि नै एमालेबाट लगभग अलग भएको अवस्था थियोे । तर, पछिल्लोपटक केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने निर्णयप्रति विरोध जनाएपछि गत ४ कात्तिकमा एमालेले रावलसहित स्थायी कमिटी सदस्य डा।बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई स्पष्टीकरण सोधेको थियो ।

पाण्डे र तिमल्सेनाले स्पष्टीकरण बुझाएपनि रावलले कुनै जवाफ दिएका थिएनन् । आजको सचिवालय बैठकले स्पष्टीकरण पत्रको जवाफ दिने पाण्डे र तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गर्दा रावललाई भने पार्टी सदस्यबाटै हटाउने निर्णय गरेको हो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस