२०८३ असार ११ गते, बिहीबार ०२:२५

बाराका प्रहरी राजकुमार रुम्बाको हत्या प्रकरणमा राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर श्रीकान्त तिवारीसहित तीन जना पक्राउ

पर्सा-

बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्याका प्रकरणमा संलग्न राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीसहित तीन जना पक्राउ परेका छन् ।

भान्से रुम्बालाई गोली प्रहार गरी हत्या गरिएको घटनामा तीन जना पक्राउ परेसँगै प्रहरी अनुसन्धान साँघुरिँदै गएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न अन्य दुई जना पनि बारा जिल्लाको इनर्वा सिराको रहेको प्रहरीले जनाएको छ ।

पैसा सापटी नदिँदा बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चिनजानको साथीले सापटी पैसा माग्दा नदिएपछि प्रहरीका कार्यालय सहयोगी रुम्बाको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । पक्राउ परेकाहरुसंग गरिएको सोधपुछ तथा बयानका क्रममा ऋण तिर्न सापटी पैसा माग्दा रुम्बाले नदिएपछि हत्या गरेको स्वीकारेका छन् ।

नाम नराख्ने शर्तमा अनुसन्धानमा सहभागी एक अधिकृतले भने, ‘हत्याका अनुसन्धान नजिक प्रहरी पुगिसकेको छ, किनकी पक्राउहरुमध्ये एकजना आफूले नै हत्या गरेको स्वीकारीसकेका छन् । पैसा माग्दा नदिएको कारणले हत्या गरेको स्वीकारेका छन् ।’

भान्से रुम्बालाई गत शनिबार बारामा प्रहरीका गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस