२०८२ असार ११ गते, बुधबार ०९:४८

वीरगन्ज –

वीरगन्जबाट सशस्त्र प्रहरीले छापा मारेर तस्करीको ८ लाख रुपैयाँ बढीको कपडा बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ७ कुम्हाल टोलस्थित एक घरमा सशस्त्र प्रहरीले बुधबार छापा मारेर ८ लाख २८ हजार रुपैयाँ मूल्यको कपडा बरामद गरेको हो ।घरधनीको नाम भने सशस्त्र प्रहरीले खुलाएको छैन ।

सुराकीका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सार कार्यालयबाट खटिएको टोलीले राजश्व छलेर भारतबाट ल्याएर घरमा गोदाम बनाई राखिएको कपडा बरामद गरेको हो ।
बरामद कपडा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बुधबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुबाले बताए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस