२०८२ असार १७ गते, मंगलवार १२:४१

काठमाडौं-

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार नेपाली काँग्रेसको बलमा रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेसको बलमा सरकारमा रहनुभएको बताउनु भयो । उहाँले काँग्रेसको सहारामा प्रधानमन्त्री बन्नुभएकाले काँग्रेस बेगर एक्लै अगाडि बढ्न नसक्ने बताउनु भयो । उहाँले अहिलेको सरकार विशेष परिस्थितिबाट निर्माण भएकाले यसलाई जोगाएर लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले बनिसकेको सरकारलाई बीचमा भत्किन दिनु नहुने बताउनु भयो । सरकार जोगाउनका लागि जोगाउने नभइ सरकारका नीति र व्यवहारबाट जनताका बीचमा काम गर्नुपर्ने बताउनु भयो ।

नेता सिटौलाले नेपाली काँग्रेस पार्टीले सिंगो समाजलाई नेतृत्व दिनसक्नुपर्ने बताउनु भयो । अहिलेदेखि नै महाधिवेशनको तयारी गर्न आवश्यक नरहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस