२०८२ भाद्र २ गते, सोमबार १२:२१

काठमाडौं-

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो आएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भयो भन्ने व्याप्त गुनासो आएकाले गुनासोहरु मेट्न वरिष्ठ अधिवक्ताहरुले संकल्प गर्नुपर्ने बताउनु भयो । उहाँले इच्छा र संकल्प लिएको खण्डमा असम्भव केही नरहेको बताउनु भयो । उहाँले अधिवक्ताहरु पथप्रदर्शक हुनुपर्ने पनि बताउनु भयो । उहाँले केही समय आफूले जानेका ज्ञान, क्षमता र समय असहाय, विपन्न र कमजोरका लागि छुट्याउन आग्रह गर्नुभयो । उहाँले आम नागरिकहरुबाट पाएको आशिर्वाद वरिष्ठ अधिवक्ताको उपाधि भन्दा ठूलो हुने बताउनु भयो ।

प्रधानन्यायाधीश राउतले बदलिँदो परिवेश र समयमा सर्वोच्चको पाँचौँ पञ्चवर्षीय योजनाले ५० प्रतिशत मिलापत्र गर्ने महत्वकांक्षी उद्देश्य लिएको र वरिष्ठ अधिवक्ताहरुले मद्दत गरे उद्देश्य पूरा हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस