२०८२ असार १७ गते, मंगलवार ०४:१०

पर्सा- 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ओपनर आसिफ शेख वैवाहिक बन्धनमा बाँधिएका छन् ।

पर्सा वीरगन्ज निवासी २३ वर्षीय आसिफले आरजु खातुनसँग शुक्रवार मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन् । आसिफका दाजु आरिफ शेखको बिहीवार विवाह भएको थियो ।

आसिफ ३ वर्ष यता राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् । घरेलु क्रिकेटमा आसिफ विभागीय टोली नेपाल एपिएफ क्लबमा आबद्ध छन् ।

हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)मा आसिफ जनकपुर बोल्ट्सका मार्की खेलाडी थिए । फाइनलमा आसिफको कप्तानमा रहेको बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस