२०८२ भाद्र २ गते, सोमबार १२:२१

काठमाडौं-
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एक पटक देशको नेतृत्व गर्न चाहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको बताउनुभएको हो । उहाँले देशको लागि ध्रुविकरण गर्दै देशको नेतृत्व गर्न चाहेको उल्लेख गर्नुभयो । उहाँले अहिलेको पार्टीको एकता शुरुवात मात्रै भएको उल्लेख गर्दै आगामी दिनमा अझ एकताका अभियानहरु बढ्दै जाने बताउनु भयो । उहाँले आफूहरुको एकता कुनै दरबार खान, टिस्टेट खान र जग्गा हिनामिना तथा मन्त्री भएर विदेशमा पैसा पठाउनका लागि नभएको बताउनु भयो । उहाँले नेपाली नेताहरुले विशेमा टनाटन पैसा पठाएको उहाँको आरोप छ ।

महासचिव चन्दले अरु राजनीतिक दलहरुले गरेका ध्रुविकरणका कुराहरुमा नयाँ चिज नरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस