काठमाडौँ-
नेकपा (माओवादी केन्द्र) ले फागुन १ गतेदेखि एक महिना तराई÷मधेस जागरण अभियान चलाउने भएको छ ।
आईतवार बसेको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले एक महिने तराई-मधेस जागरण अभियान चलाउने जानकारी गराउनुभएको हो । बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व—पश्चिम राजमार्गलाई आधारित बनाएर गर्ने प्रश्ताव राख्नुभएको जानकारी दिनुभयो । साथै उपत्यका विशेष अभियान चलाउने पनि धारणा राख्नुभएको बताउनु भयो । केन्द्रिय कमिटी बैठकमा पार्टी एकता र वृहत वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउने, वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने प्रश्ताव आएको पनि बताउनु भयो ।

बैठकमा माओवादी केन्द्रका प्रदेश अध्यक्षहरुले पार्टी प्रवेशको लहर चलेको दाबी गरेका थिए । खबरदारी सभा देशव्यापी रुपमा प्रभावकारी रुवमा चलेको जानकारी प्रदेश अध्यक्षहरुले बैठकमा दिएका छन् ।