काठमाडौ –
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टीका नेता, कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्ने प्रश्ताव गरेका छन् ।
सोमवारको केन्द्रिय समितिको बैठकमा केन्द्रिय सदस्यहरुले अध्यक्षसहित सबै नेता, कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्ने प्रश्ताव राखेका हुन् । पार्टी अध्यक्ष पनि महिनामा कम्तिमा तीन पटक श्रम र उत्पादनमा जोडिनुपर्ने प्रश्ताव राखिएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनु भयो । उहाँले दण्डहिनताको अन्त्य गर्नुपर्ने, काँठ अभियान चलाउनुपर्ने र विभाग प्रभावकारी बनाउने, सडक र सदनलाई जोड्ने नीतिअनुसार प्रभावकारी बनाउनेबारेमा नेताहरुले आवाज उठाएको बताउनु भयो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन वैज्ञानिक, वस्तुवादी, यथार्थपरक रहेको नेताहरुले बताएको पनि

बैठकमा नेताहरुले स्थानीय तहलाई अधिकार दिनुपर्ने कुरामा आवाज उठाउन जोड दिएको बताउनु भयो ।