२०८२ भाद्र २ गते, सोमबार १२:०८

काठमाडौँ-

केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा काठमाडौं उपत्यकासहित आसपासमा भूकम्पको ठूलै धक्का महसुस गरिएको थियो ।बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौंबासी होहल्लासहित घरबाहिर निस्केका थिए । भूकम्पको कम्पन काठमाडौंसहित देशका पूर्वी पहाड र तराई तथा मधेशमा समेत गरिएको थियो ।

भूकम्पको धक्का नेपालसहित भारतका विभिन्न ठाउँमा पनि महसुस गरिएको थियो । हालसम्म भूकम्पले गरेको कुनै क्षतिको विवरण आइसकेको छैन । भूकम्पबाट देशका कुनै ठाउँबाट मानवीय वा भौतिक क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ । देशभर प्रहरी परिचालन गरेर घटनाको जानकारी संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी रुपेश विश्वकर्माले भूकम्पको ठूलो धक्का महसुस भए पनि हालसम्म कुनै भौतिक तथा मानवीय क्षतिको विवरण प्राप्त नभएको बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले मुख्य रूपमा नेपालका सात जिल्लामा भूकम्पको प्रभाव परेको हुन सक्ने जनाएको छ ।

केन्द्रले सामाजिक सञ्जालमा लेखेको छ, ुनेपालको उत्तर पूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ७।० म्याग्निच्युडको भूकम्प गएको छ । यसले नेपालका ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, उत्तरी धादिङमा असर पारेको हुन सक्छ । जिल्ला प्रशासन कार्यालयहरूबाट सूचना सङ्कलन भइरहेको छ ।ु केन्द्रले आफ्नो क्षेत्रमा भएको क्षति र भूकम्पको असरबारे जानकारी दिन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलब छ रेक्टर स्केलको गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

चीनको दक्षिणपश्चिमी क्षेत्रमा पटकपटक भूकम्प गैरहन्छ । सन् २००८ मा सिचुआन प्रान्तमा गएको भूकम्पमा ७० हजार मानिसको मृत्यु भएको थियो ।

चीनको सरकारी टीभी च्यानल सीसीटीभीका अनुसार पछिल्लो पाँच वर्षमा सिगात्सेको २०० किलोमिटरको दायराभित्र ३ र सोभन्दा माथिका २९ वटा भूकम्प गएका छन् ।

२२ जनवरी २०२४ मा चीन–किर्गिस्तान सीमामा ७।२ म्याग्निच्युडको भूकम्प गएको थियो । दक्षिणी सिनजियाङमा आएको भूकम्पको केन्द्रविन्दु जमिनबाट २२ किलोमिटर तल थियो ।

भूकम्पपछि ४० वटा परकम्प पनि परेका थिए । भूकम्पको सबैभन्दा बढी प्रभाव उरुम्की, कोरला, काशगर, यिनिङमा परेको थियो ।

तीव्रताका हिसाबले अहिलेसम्मकै सबैभन्दा खतरनाक भूकम्प सन् १९६० मे २२ मा चिलीमा गएको थियो । रिक्टर स्केलमा यसको तीव्रता ९।५ थियो। यसबाट आएको सुनामीले दक्षिणी चिली, हवाई टापु, जापान, फिलिपिन्स, पूर्वी न्युजिल्यान्ड, दक्षिण(पूर्वी अष्ट्रेलियालगायत धेरै देशहरूमा भयानक विनाश ल्याएको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस